डेङ्गु नियन्त्रणमा सरकारको मात्रै मुख ताक्न हुन्न: सांसद् बस्नेत

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

भक्तपुर । नेकपाका युवा नेता तथा सांसद् महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि आफै टोलटोलमा पुग्ने गरेका छन् ।

कमेरोटार नगर विकास संयोजन समाज, मध्यपुरथिमि नं ५ वडा कार्यालयले आज मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका ६ सामुदायिक संस्थालाई डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरेको थियो । ‘हाम्रो प्रतिबद्धता नगर विकासमा सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ संचालन गरिएको उक्त कार्यक्रममा सांसद् बस्नेतले डेङ्गु नियन्त्रणमा सरकारको मात्रै मुख ताक्न नहुने बताएका छन् ।

सांसद् बस्नेतले डेङ्गु रोग महामारीका रुपमा फैलदै गइरहेकाले यसको नियन्त्रणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।  सांसद् बस्नेत यसअघि पनि लामखुट्टे मार्ने मेसिन गन लिएर भक्तपुरका विभिन्न स्थानमा विषादी छर्किदै हिँडेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट