सुनको मूल्य १२ सयले बढ्यो

प्रकाशित मिति: ८ भाद्र २०७६, आईतवार

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ ।

पछिल्लो डेढ महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आइतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० कायम गरिएको छ। शुक्रबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोबार भएकोमा साताको पहिलो दिन आइतबार १२ सयले बढेर प्रतितोला रु ७२ हजार ५०० पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार २०० का दरले वृद्धि भएको छ। स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० पुगेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएर रु ८५० पुगेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५२८.५० अमेरिकी डलर पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभावनेपाली बजारमा पनि परेको हो। अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट