रवि लामिछानेलाई ५ दिन हिरासतमा राखिने

प्रकाशित मिति: ३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । ‘सिधाकुरा जनता’सँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरी शुक्रबार अदालतमा पेश गरेको थियो। जिल्ला अदालत, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि उनीहरुलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए। सो भिडियोमा आफूलाई पत्रकार रवि लामिछाने लगायत तीनजनाले आत्महत्याका लागि बाध्य परेको बताएका छन्।

त्यही भिडियोका आधारमा अनुसन्धान अगाडि बढाउन भन्दै प्रहरीले पत्रकार लामिछाने सहित तीनजनालाई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको हो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट