प्रचण्डपुत्र प्रकाशको नाममा विदेशमा कुनै पनि बैंक खाता छैन : प्रचण्डको सचिवालय

प्रकाशित मिति: २८ श्रावण २०७६, मंगलवार

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का दिवंगत छोरा प्रकाश दाहालको नाममा विदेशी बैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार आएपछि प्रचण्डको सचिवालयले विज्ञप्ती निकालेर आपत्ति जनाएको छ।

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले आज प्रेस विज्ञप्ती निकालेर प्रचण्डको दुबई भ्रमणबारे भ्रम फैलाइएको भन्दै आपत्ति जनाउँदै प्रकाशको नाममा विदेशमा कुनै पनि बैंक खाता नरहेको स्पष्ट पारेको छ । विज्ञप्तीमा लेखिएको छ ‘दिवगंत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसको व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ’ । यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो।

कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं। परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं। यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं।

प्रचण्डका प्रमुख स्वकीय सचिव महरा ‘प्रताप’ले आज प्रेस विज्ञप्ती निकालेर षडयन्त्रपूर्ण र झुठो प्रचार गर्ने तत्वहरुलाई कारवाही गर्न सरकारसँग माग समेत गरेका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट