राप्रपा संयुक्तको उच्च स्तरीय कार्य समितिको बैठक सुरु

प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको उच्च स्तरीय कार्य सम्पादन समितिको दोस्रो महत्वपूर्ण बैठक राजधानीमा सुरु भएको छ ।

राजधानीको चावहिल गणेशस्थानस्थित आफ्नै नीजि भवनमा आइतबार सुरु भएको बैठकमा पार्टीका अध्यक्षद्धय पशुपती शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको थियो । भरतजंग उप्रेतीले संचालन गरेको कार्यक्रममा तारा लुईटेल, श्याम तिमिल्सिना, मीना शाही ठकुरीलगायत समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकमा पार्टीको आगामी योजनाहरु, प्रगति विवरणबारे छलफल गरिएको थियो । बैठकमा भरतजंग उप्रेती, श्याम तिमिल्सिना र मीना शाही ठकुरीले कार्यपत्र प्रस्तुत गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट