बाढी, पहिरोमा परी ९० जनाको मृत्यु, २९ अझै बेपत्ता

प्रकाशित मिति: २ श्रावण २०७६, बिहीबार

काठमाडौं । बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या हालसम्म ९० जना पुगेको छ भने २९ जना अझै बेपत्ता रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्‍चालन केन्द्रले जनाएको छ ।

अघिल्लो बिहीबारदेखि शनिबारसम्म परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी रौतहटमा १०, झापा तीन, इलाम एक, पाँचथर एक, मोरङ पाँच, सुनसरी दुई, खोटाङ तीन, भोजपुर पाँच, सुनसरी दुई, खोटाङ तीन, भोजपुर पाँच, संखुवासभा एक, ओखलढुंगा चार, उदयपुर एक र सिरहामा ६ जनाको मृत्यु भएको छ।

यस्तै धनुषामा पाँच, महोत्तरी चार, सर्लाही एक, बारा दुई, पर्सा तीन, रामेछाप एक, सिन्धुली पाँच, काभ्रेपलाञ्‍चोक तीन, ललितपुर ६, काठमाडौं तीन, मकवानपुर पाँच, धादिङ दुई, पाल्पा एक, दाङ दुई, कपिलवस्तु एक र डोल्पामा चार जनाको मृत्यु भएको छ। बाढी, पहिरोबाट हालसम्म ३ हजार ३ सय ६६ जनाको सकुशल उद्धार गरिए पनि २९ जना अझै बेपत्ता रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बाढी, पहिरोका घटनामा परी ४१ घाइते भएका छन् भने देशभर अहिले ११ हजार ८ सय ३९ घरधुरी अस्थायी विस्थापितका रूपमा छन्।

बाढी, पहिरोका घटनामा परी डोल्पामा सात, दाङ एक, तनहुँ एक, धादिङ एक, काठमाडौं एक, सिन्धुली तीन, पर्सा एक, रौतहट एक, महोत्तरी दुई, उदयपुर दुई, सुनसरी एक, मोरङ तीन, इलाम तीन र झापामा एकजना अझै बेपत्ता भइरहेका छन् भने ताप्लेजुङमा एक, मोरङ १ हजार ५ सय ३९, सिरहा ५ हजार, सर्लाही २ हजार ४ सय, रौटहट १ हजार १ सय १०, बारा १ हजार ६ सय ६५, पर्सा १ सय २० र डोल्पामा ४ घरधुरी अस्थायी विस्थापित भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट