नेपाल टेलिकमले इन्टरनेटको शुल्क नबढाउने

प्रकाशित मिति: १ श्रावण २०७६, बुधबार

काठमाडौं, १ साउन । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि नेपाल टेलिकमले इन्टरनेटको शुल्क नबढाउने भएको छ ।

टेलिकमले विज्ञप्ति जारी गर्दै आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको भन्दै इन्टरनेटको शुल्क वृद्धि नगर्ने जनाएको छ ।

टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगरेको विज्ञप्तिमार्फत जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट