बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुग्यो

प्रकाशित मिति: २९ असार २०७६, आईतवार

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाले देशका विभिन्न भू-भागमा ठूलो जनधनको क्षति हुनुका साथै ५० जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार दिउँसोसम्ममा ५० जनाले ज्यान गुमाएका छन् भने बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म ३३ जना बेपत्ता र २५ जना घाइते भएका छन् । प्रहरीले बाढी, पहिरो र डुबानमा फसेका ११ सय ४ जनाको उद्धार गरेको छ।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं-१ मा १७, प्रदेश नं-२ मा आठ, प्रदेश नं-३ मा १३, प्रदेश नं-५ र ६ मा दुईर/दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ५० जनाको ज्यान गएको हो। उपत्यकाको काठमाडौंमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् । प्रदेश नं-१ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एकर­एक जनाको ज्यान गएको छ ।

प्रदेश नं-२ अन्तर्गत धनुषा र बारामा दुई­/दुई तथा पर्सा, रौतहट, सिरहा,महोत्तरीमा एकर/एक गरी सात जनाको मृत्यु भएको छ। प्रदेश नं-३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन/तीन, सिन्धुलीमा तीन र धादिङमा दुई तथा रामेछाप र चितवनमा एक/­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै प्रदेश नं– ५ को पाल्पा र दाङमा एक/­एक तथा प्रदेश नं– ६ को डोल्पामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट