बाढीको जोखिम शनिबारसम्मै, सर्तक रहन आग्रह

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

काठमाडौं । आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुने भएकाले बाढी, पहिरोको उच्च जोखिम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी शुक्रबार र शनिबार देशभर नै जोखिम रहेकाले नदी तथा तटिय क्षेत्रमा हुनेहरु सुरक्षित स्थानमा सर्न मौसमविदले आग्रह गरेका छन् । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको र बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती नदीको तराई क्षेत्रमा बहाब खतराभन्दा माथि बढ्दो क्रममा रहेको छ। खास गरी प्रदेश नं १, २ र ३ का सबै चुरे खोलामा बहाब सतर्कता माथि र उच्च खतरा शनिबारसम्म कायम रहने भएकाले सर्तक रहन आग्रह गरिएको छ। खासगरी २५ जिल्लामा कहिले मध्यम कहिले भारी वर्षा भइरहने बताइएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट