यतिको विमान धावनमार्गमा चिप्लियो, विमानस्थल बन्द

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

काठमाडौं । नेपालगञ्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यति एयरलाइन्सको विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिँदा दुई जना घाइते भएका छन् ।

आज बिहान करिब बिहान ११ बजेर ५ मिनेटमा यतिको एटीआर विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए । विमानमा सवार यात्रुहरुमध्ये २ जना सामान्य घाइते भएको र अन्य यात्रुलाई जहाजबाट सुरक्षित बाहिर निकालीसकिएको प्रवक्ता तिवारीले बताए ।

घाइते भएका दुई जनाको केएमसी अस्पताल सिनामंगलमा उपचार भईरहेको छ । अहिले त्रिभुवन विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ । पानी परिरहेकाले अवरुद्ध धावनमार्ग सञ्चालनमा केही समय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ ।

आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् । काठमाडौंबाट उड्न ठिक्क परेका जहाज रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट