टिभी च्यानल बन्द भएपछि उपभोक्ता मञ्चद्वारा उजुरी दर्ता

प्रकाशित मिति: १० असार २०७६, मंगलवार

काठमाडौं । सोमबार दिउँसो तीन बजेदेखि विदेशी च्यानलहरु २४ घण्टाका लागि प्रसारण बन्द गरेपछि उपभोक्ता हित संरक्षण मञ्चले केन्द्रीय अनुसन्धान व्‍यूरोमा उजुरी दर्ता गरेको छ।

नेपाल केबल टेलिभिजन महासंघले क्लिन फिड लागू गर्ने सरकारको तयारीविरुद्ध सांकेतिक आन्दोलन गर्दै २४ घण्टाका लागि विदेशी च्यानलहरु प्रसारण बन्द गरेको हो ।

मञ्चका उपमहासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले सुविसु केबल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केबल टेलिभिजन प्रालिका सञ्‍चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरेका हुन्।

उजुरी दर्ता गरेका व्यक्ति आवद्ध केबल तथा टेलिभिजन कम्पनीको कार्यालयमा रहेको उपभोक्तासँगको सझौता, कारोबार, प्रशारण सम्बन्धी सम्पूर्ण विवरण,कागजात तथा कप्युटर फाइल समेतको रेकर्ड झिकी बुझी अनुसन्धान गर्न समेत मञ्चले माग गरेको छ।

इन्टरनेट तथा टेलिभिजन सेवाको सञ्चालन प्रशारणका नाममा सञ्चालन प्रशारणमा अवरोध पुर्‍याउनेहरु उनीहरुमाथि कारवाही गर्न मञ्चको माग छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट