कोरियन भाषा परीक्षाका लागि ३२ परीक्षा केन्द्र

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहीबार

काठमाडौं, ९ जेठ । कोरिया भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि यस पटक काठमाडौंमा २१, पोखरामा चारवटा, र ललितपुरमा सातवटा गरी ३२ वटा परीक्षा केन्द्र तोकिएको छ ।

जेठ २५ र २६ गते हुने कोरिया भाषा परीक्षामा अघिल्लो वर्षभन्दा यो वर्ष १० हजार ११२ परीक्षार्थीको सङ्ख्या बढी भएकाले चारवटा परीक्षा केन्द्र थप गरिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । यो वर्ष ९२ हजार ३७६ जना युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

आवेदन दिनेमध्ये ७७ हजार ३९३ पुरुष र १४ हजार ९८३ महिला रहेका छन् । सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार ४८७ जना तथा कृषितर्फ २८ हजार ८८६ जननले आवेदन आवेदन दिएका छन् ।

दक्षिण कोरिया मानव संसाधन विभागका अनुसार सन् २०२० मा औद्योगिक तथा उत्पादनतर्फ सात हजार ५० जना र कृषितर्फ तीन हजार गरी जम्मा १० हजार ५० जना युवालाई रोजगारका लागि दक्षिण कोरिया लगिने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट