अब मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार

काठमाडौं, ५ जेठ । अब मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने भएको छ ।

पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले पछाडि बस्ने चालकका लागि पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्न लागेको हो। महाशाखा प्रमुख एसएसपी बसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर ट्राफिक प्रहरी कार्यालयले यसका लागि सरकारसँग सिफारिस गरिसकेको जानकारी दिए।

आइतबार आयोजित पत्रकार सम्मेलनमा पन्तले भने ‘अब नयाँ सवारी ऐन आउँदैछ । त्यसमा यो प्रावधान राख्न लागिएको हो’, ‘हेलमेट पनि आईएसओ मान्यता प्राप्त मात्र प्रयोग गर्नुपर्ने नियममा उल्लेख हुनेछ ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट