जनसेवी र स्वाभिमान लघुवित्तको आईपिओ शुक्रबारबाट

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहीबार

काठमाडौं, २६ वैशाख । जनसेवी र स्वाभिमान लघुवित्तले शुक्रबारदेखि एक साथ आईपिओ निष्काशन गर्ने तयारी गरेका छन् ।

पर्वत जिल्लाको कुस्मामा केन्द्रिय कार्यालय रहेको जनसेवी लघुवितको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ । जनसेवीले ४ करोड ६३ लाख ३० हजार बराबरको ४ लाख ६३ हजार ३ सय कित्ता आईपिओ निष्काशन गर्नेछ ।

४ लाख ३२ हजार ९ सय ९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

यस्तै रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्तले १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख ८५ हजार ५ सय ८७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आईपिओमा न्यूनतम १० कित्ता र अधिकतम हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट