आज विद्युत प्राधिकरणको महशुल काउण्टर बन्द रहने

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहीबार

काठमाडौं, १९ वैशाख । विद्युत प्राधिकरणका कर्मचारीले बिहीबार देशभरका आय संकलन काउन्टर बन्द गरेका छन् ।

विद्युत प्राधिकरण ट्रेड युनियन चुनावको लागि भन्दै प्राधिकरणका कर्मचारीले महशुल तिर्ने काउन्टर बन्द गरेका हुन् ।

आधिकारिक ट्रेड युनियनको चुनावका कारण बिहीबार देशभरको कुनै पनि काउन्टरबाट विद्युत् महशुल तिर्न नसकिने प्राधिकरणले जनाएको छ ।

काउन्टर बन्द भए पनि अनलाइनबाट भने भुक्तानी गर्न सकिनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट