हिमाली क्षेत्रमा मूल्यवृद्धि अत्यधिक

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको विवरणमा हिमाली क्षेत्रमा ५.५ प्रतिशत मूल्यवृद्धि भएको पाइएको छ ।

‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिअनुसार पहाडी क्षेत्रमा ४.६, काठमाडौंमा ४.६ र तराईमा ३.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.०, ५.६, ४.५ र ६.३ प्रतिशत रहेको थियो । यही अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको यही अवधिमा उक्त मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति गएको फागुनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ र भारतको २.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा नेपालको मुद्रास्फीति छ र भारतको ४.३ प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति २०७५ साल फागुन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, यातायात तथा उपकरण र पार्टसलगायत वस्तुका मूल्यमा भएको वृद्धिले थोक मुद्रास्फीति बढ्न गएको बैंकले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट