बैंकमा नयाँ खाता खोल्नेलाई एकसय रुपैयाँ दिइने

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

काठमाडौं, २९ चैत । बैंक खाता नभएकाहरुलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले वैशाखदेखि सरलीकृत रुपमा बैंक खाता खोल्ने व्यवस्था गरेको छ ।

सबैको पहुँचमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले राष्ट्र बैंकले सुरु गरेको यो व्यवस्थाअनुसार बैंकहरुले सहज रुपमा बैंक खाता खोली खाता नभएकाहरुलाई बैंकिङ्ग सेवाको पहुँचमा पुर्याउनुपर्ने हुन्छ।

खाता खोल्न आउनेहरुको बैंक खातामा बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्चबाट प्रति बैंक खाता एक सय रुपैयाँ रकम समेत उपलब्ध गराउने छन् । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७५ मा नयाँ व्यवस्था थप गरी राष्ट्र बैंकले ‘बैंक खाता खोलौं’ अभियान सुरु गरेको हो ।

यसअघि कुनै पनि बैंकमा खाता नखोल्नेलाई मात्र यस्तो व्यवस्था हुने राष्ट्र बैंकले जनाएको छ । बैंक खाता खोल्नेले नागरिकता वा राहदानी वा मतदाता परिचय पत्र वा सवारी चालक अनुमतिपत्र वा सम्बन्धित स्थानीय निकायले उपलब्ध गराएको फोटो सहितको सिफारिस लिएर खाता खोल्न सक्ने बैंकले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट