तोलामा चार सयले बढ्यो सुन

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार

काठमाडौं, १० चैत । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ६० हजार ४ सय रुपैयाँ पुगेको छ ।

शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आइतबार चाँदीको मूल्य भने स्थिर नै रहेको छ । आइतबार चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट