वार्षिक उत्सव तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार

ललितपुर, १० चैत । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च ललितपुर शाखाको वार्षिक उत्सव तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

ललितपुर ताल्चीखेलस्थित सुम्निमा कल्चर सेन्टरमा आयोजित कार्यक्रम नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च केन्द्रीय कार्यसमितिका अध्यक्ष गणेश प्रसाद लकान्द्रीको प्रमुख आतिथ्यता र मञ्चका अध्यक्ष राजकुमार गहतराजको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष लकान्द्रीले आगामी वैशाखदेखि लागू गरिने नेपाल सरकारको निर्देशिकाले सर्वसाधारण तथा साना लगानी भएका व्यवसायी यस पेशाबाट पलायन हुने अवस्था आउने तथा केहि सिमित ठूला लगानी भएका व्यवसायीलाई मात्र यस निर्देशिकाबाट लाभ मिल्ने बताए ।

मञ्चका केन्द्रीय महासचिव खेम तिरुवाले मञ्चको नियमावलीका बारे बताउँदै मञ्च सदैव व्यवसायीहरुको हितका लागि लागी पर्ने बताए । जिल्ला शाखाका सहसचिव वीरबहादुर विकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन कोष अध्यक्ष भुपेन्द्र राईले गरेका थिए ।

कार्यक्रममा व्यवसायीहरुले राखेका व्यवसायसँग सम्बन्धीत जिज्ञासाहरुको केन्द्रीय अध्यक्ष लकान्द्री र महासचिव तिरुवाले जवाफ दिएका थिए । कार्यक्रममा केन्द्रीय कार्यसमितिका आनन्द सागर रसाईली तथा ध्रुव लकान्द्रीको पनि उपस्थिति रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट