१५ दिने शिशु बोकेर एसईई दिइन् सुशीलाले

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार

दाङ, १० चैत । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दाङकी १५ दिने सुत्केरी पनि सामेल भएकी छन् ।

महेन्द्र माध्यामिक विद्यालय तुलसीपुरबाट खुल्ला विद्यालयमा अध्ययन गरेकी तुलसीपुर-६ गाइडर निवासी सुशीला भण्डारी १५ दिनको बच्चा कोखिलामा च्यापेर परीक्षामा सहभागी भएकी हुन् ।

बच्चा हेर्न उनका आफन्त पनि सँगै परीक्षा केन्द्रमा पुगेका छन् ।

आजदेखि सुरु भएको एसईईमा देशभरबाट जम्मा ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएकोमा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट