श्रीकृष्ण आधारभूत विद्यालयलाई मस्रेक बैंकको सहयोग

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

काठमाडौं । ललितपुरको गोदावरीस्थित श्रीकृष्ण आधारभूत विद्यालयमा दुबईमा मुख्य कार्यालय रहेको मस्रेक बैंकले करिब १० लाख बराबरको शैक्षिक एवं विद्यालयको स्तरोन्नतीका लागि आवश्यक अन्य सामाग्री प्रदान गरेको छ ।

शुक्रबार मस्रेक बैंककी नेपाल प्रमुख हेमा अधिरकारीले विद्यालयलाई एक थान ल्यापटप, एक थान कम्युटर, एक थान थ्रि इन वान प्रिन्टर, स्क्यानर,फोटोकपी मेशिन, एक थान प्रोजेक्टर र एक वर्षका लागि इन्टरनेट कनेक्सन प्रदान गरेकी हुन् । साथै बैंकले एक वर्षका लागि हुने गरी विद्यालयका सबै विद्यार्थीका लागि दुई दुई जोर जुत्ता, स्कूल ड्रेस, र वर्ष भरिलाई पुग्ने कापी, कलप, पेन्सिल, इरेजर, कटर, जमेट्री बक्स समेत प्रदान गरेको छ ।

बैंकले सहयोग गरेको भौतिक सामाग्रीको सदुपयोग सो विद्यालयका शिक्षकले आफ्नो शिक्षण सम्बन्धि ज्ञान बढाउन, नयाँ नयाँ पाठ्यसामाग्री प्राप्त गर्न र विद्यार्थीलाई थप प्रभावकारी ज्ञान प्रदान गर्न सहयोगी हुने अधिकारीले बताईन । मस्रेक बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर कार्यक्रममा बालबालिका शिक्षालाई जोड दिएर मस्रेक फ्यूचर जेनरेसन भन्ने अभियान सञ्चालन गर्दै आएको छ ।

शुक्रबार सहयोग हस्तान्तरण कार्यक्रममा मस्रेक बैंककी नेपाल प्रमुख अधिकारी, ललितपुर क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्य लालकुमारी पुनले मस्रेक बैंक र नेपाल प्रमुख अधिकारीप्रति ललितपुरबासीका तर्फबाट हार्दिक आभार प्रकट गरेका थिए ।

कार्यक्रममा मस्रेक बैंककी नेपाल प्रमुख अधिकारीले उक्त विद्यालय तथा विद्यार्थीलाई सहयोग गर्न पाउँदा आफूलाई गौरवको अनुभूति भएको बताइन् ।

मस्रेक बैंक दुबईमा कार्यालय रहेको यूएईको सबैभन्दा ठूलो र एवं पुरानो बैंक रहेको नेपाल प्रमुख अधिकारीले जानकारी दिईन । सन् २०१५ मा नेपालमा गएको महाभूकम्पको समयमा समेत बैंक र बैंकका कर्मचारीले प्रधानमन्त्री राहत कोषमा रु ३० लाख भन्दा बढि आर्थिक सहयोग गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट