रामजीले गरे खुुकुरी प्रहार गरी श्रीमतीको हत्या

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

सर्लाही, ८ चैत । उदयपुर सुरुङगाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षीय श्रीमती सुनिता विश्वकर्मालाई धारिलो खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

सर्लाहीको बरहथवा-५ मा स्थानीय रामेश्वर सिग्देलको घरमा कोठा भाडामा लिएर बस्दै आएका रामजीले बिहीबार राति धारिलो खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।

बरहथवा बजारमा रहेको एक सुन पसलमा कालिगडको काम गर्दै आएका रामजी श्रीमतीको हत्या गरेर भाग्दै गर्दा प्रहरी नियन्त्रणमा परेका हुन् ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ । रामजीले किन श्रीमतीको हत्यागरे भन्ने बारे अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जानएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट