यस वर्षको एसइईमा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी हुदै

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

काठमाडौं, ८ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

चैत १० गतेबाट संचालन हुने एसइई परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ । परीक्षाको सबै तयारी पूरा भएको एसइई बोर्डले जनाएको छ ।

यस वर्ष पुरक परीक्षा अन्तर्गत पुरानो कोर्ष अन्तर्गतका ५ हजार ८ सय ८३ र नयां कोर्ष अन्तर्गत ९ हजार ५ सय ९१ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन ।

मुलुक संघीयतामा गइसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, संचालन,अनुगमन उत्तरपुस्तिका खरिद लगायतसम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्ने स्पष्ट पारे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट