युरोपेली आयोगले तोक्यो गुगलमाथि १ अर्ब ८६ करोड जरिवाना

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहीबार

काठमाडौं । युरोपेली युनियनले अनलाइन विज्ञापनमा आफ्नो मजबुत स्थितिलाई दुरुपयोग गरेको अभियोगमा गुगलमाथि १ अर्ब ६८ करोड डलर जरिवाना तोकेको छ ।

युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले इन्टरनेट दिग्गज गुगलमाथि बजारमा स्वस्थ प्रतिस्पर्धालाई दखल पुर्याउने अनुचित व्यवहार गरेको भन्दै पौने दुई खर्ब रुपैयाँ बराबरको रकम जरिवाना तोकेको हो ।

दुई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियमको उल्लंघन गरेको भन्दै जरिवाना लगाएको यो तेस्रो पटक हो । गत वर्ष जुलाईमा यूरोपेली युनियनले गुगलमाथि ४.३ अर्ब यूरो जरिवाना लगाएको थियो ।

अमेरिकी कम्पनी गुगलले आफ्नो मोबाइल डिभाइस रणनीति अनुसार गुगल सर्च इन्जिनलाई गलत तरिकाले थप शक्तिशाली बनाएको आरोप लगाइएपछि गरिएको अनुसन्धानपछि उक्त निर्णय सुनाएको थियो ।

गुगलको पेरेन्ट कम्पनी अल्फाबेट विज्ञापनबाट अर्बौं डलरको कमाई गर्छ र सन् २०१८ मा विज्ञापनबाट यसको कर अघिको नाफा ३०७० करोड डलर थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट