चैत ८ देखि पुष्प मेला

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

काठमाडौं, ४ चैत । काठमाडौंको भृकुटीमण्डपमा चैत ८ गतेदेखि १० गतेसम्म पुष्प मेला हुने भएको छ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ फ्लोरिकल्चर एशोसिएशन नेपालले पुष्प मेला आयोजना गर्न लागेको हो । एशोसिएशनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर २२औँ पुष्प मेला आयोजनासम्बन्धी जानकारी दिएको हो ।

३ दिनसम्म चल्ने मेलामा ४८ वटा स्टल रहनेछन् भने करिब ५० हजारले मेला अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ । आयोजक समितिका अनुसार मेलामा उत्कृष्ट मौसमी फूल, फूलको विरुवा र स्टललाई नगदसहित पुरस्कार प्रदान गरिनेछ।

पुष्प व्यवसायको अन्तर्राष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि मेला आयोजना गर्न लागिएको एशोसिएशनका उपाध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक शिबबहादुर खड्काले जानकारी दिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट