ज्ञानेन्द्रले गरे छिन्नमस्ता भगवतीको दर्शन

प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार

राजविराज, ३ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले छिन्नमस्ता भगवतीको दर्शन गरेका छन् । तराई भ्रमणमा रहेका शाहले आइतबार सप्तरीमा पुगेर छिन्नमस्ता भगवतीको दर्शन गरेका हुन् ।

जनकपुर, सर्लाही, सिरहा, उदयपुरको गाईघाट हुँदै सप्तरी आएका पूर्वराजा शाह छिन्नमस्ता भगवतीको दर्शनपछि झापातर्फ प्रस्थान गरेका छन् ।

दिउँसो राजविराज हुँदै मन्दिर जानेक्रममा पूर्वराजा शाहलाई समर्थकहरुले भव्य स्वागत गरेका थिए । शाहले गाडीभित्रैबाट समर्थकहरुले दिएको फूलमाला लिएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट