आयल निगम र ग्यास उद्योगीबीच सहमति, ग्यास बिक्री सहज हुने

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

काठमाडौं, २२ फागुन । ग्यास बिक्रीमा कमिसन बढाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका ग्यास उद्योगीहरु आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

नेपाल आयल निगमले ग्यास उद्योगीसँग सहमति गरेपछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन् । आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच मंगलबार भएको समझदारीअनुसार ग्यास उद्यमी र व्यवसायीले हिजोकै मितिदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने भएको हो ।

व्यवसायीका मागका सम्बन्धमा अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने, पेट्रोलियम पदार्थको व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने लगायत सहमति भएको हो । उद्योगीसँग निगमले तीन बुँदे सहमति गरेको हो । सहमतिसँगै अब खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण नियमित सञ्चालन हुने संघले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट