काठमाडौं मलमा व्यवसायिक वातावरण नभए भोक हड्ताल गर्ने व्यवसायीको चेतावनी

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

काठमाडौं, १५ फागुन । काठमाडौं मलभित्र व्यवसायिक वातावरण नभएको भन्दै मलका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार काठमाडौं मलको व्यवसायिक छाता संगठन ‘काठमाडौं मल ब्यापार संघ’ले पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने जानकारी दिएको हो । ब्यापार संघले काठमाडौं मलमा बढी चलखेल हुँदा व्यवसायी त्रसित हुन परेको जनाएको छ । संघका अध्यक्ष सुष्मा महराले सञ्चय कोषमा केहि बिचौलिया बसेकाले व्यवसायीलाई तर्साउने गतिविधि गरेको बताइन्।
कोषले शिव लक्ष्मी कोजु सँगको ठेक्का सम्झौता तोडिएपछि मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । तर, मलका व्यवसायीहरुले ३०० व्यपारीलाई सडकमा ल्याउने निर्णय नगर्न कोषले चेतावनी दिएका छन् ।

लाखौं/करोडौं लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको अध्यक्ष महराको आरोप छ । ‘टेण्डरबाट छानिएको ठेकदारसँग बीचमै ठेक्का तोडिन्छ, मलको आयभन्दा बढी बोलकबोल गरेर ठेकेदार छानेपछि समस्या आउँछ नै’, उनले भनिन् ।

वषौंदेखि मलमा व्यवसाय गर्दै आएका व्यवसायीलाई कोषले एक्कासी हटाउन नपाउने संघकी अध्यक्ष सुष्मा महराले बताइन् । ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ ।

संघका सल्लाहकार उज्जलजंग शाहाले व्यवसायीको तर्फ बाट सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने र अझै पनि समस्या समाधानमा पहल नभए काठमाडौं मलमै भोक हड्ताल गर्ने चेतावनी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट