आकस्मिकबाहेक सेवा बहिस्कार गर्दै सरकारी चिकित्सक आन्दोलनमा

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

काठमाडौं, १५ फागुन । कर्मचारी समायोजन विधेयकमा आफूमाथि अन्याय भएको भन्दै विधेयक सच्याउनु पर्ने मागसहित सरकारी चिकित्सकहरूले आजदेखि आकस्मिकबाहेक सबै सेवा बहिस्कार गरेका छन् ।

सेवा सुविधा दिएर सरकारी सेवाप्रति चिकित्सकहरूलाई आकर्षित गर्नु पर्नेमा झन निरुत्साहीत पार्न खोजेको भन्दै आन्दोलन गर्नुपरेको सरकारी चिकित्सक संघले जनाएको छ । सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम हिजो साँझ सकिँदासम्म पनि माग सम्बोधन नभएको भन्दै चिकित्सकहरुले सेवा बहिस्कार गरेका हुन् ।

गत पुस ३० गते स्वाथ्य मन्त्रालय र सरकारी चिकित्सक संघबीच ८ बुँदे लिखित सहमति भएको थियो । सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरुले आजदेखि मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।

देशभरका १४ सय सरकारी चिकित्सकहरूले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवामा काम नगरेपछि उपचार गर्न आएका बिरामीहरु मर्कामा परेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट