वर्ताको ‘नजाउ दाजु विदेशमा’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

काठमाडौं । गायिका वर्ता गन्धर्वले ‘नजाउ दाजु विदेशमा’ गीत सार्वजनिक गरेकी छन् ।

मीठो स्वरकी धनी वर्ताले यो गीतमार्फत विदेशिने दाजुभाईहरुलाई आफ्नै देशमा परिश्रम गर्न आग्रह गरेकी छन् । गायिका स्वयम् कै शब्द, संगीत र स्वर रहेको उक्त गीतको संगीत संयोजन मनोज साङसोन राईले गरेका हुन् ।

किङ रेकर्डिङ स्टुडियोमा छायांकन गरिएको गीतलाई सुरेश राईले रेकर्ड गरेका हुन् । जस्केला क्रिएसनले निर्माण गरेको उक्त गीतको भिडियो मिक्सिङ राजु कार्कीले गरेका हुन् । ‘भ्वाईस अफ नेपाल’मा समेत सहभागी भएकी उनी ‘लाइभ राउण्ड’को दोस्रो चरणबाट बाहिरिएकी थिइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट