बलिउड गायक सोनु निगम आइसीयू भर्ना

प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

मुम्बई । बलिउडका चर्चिच गायक सोनु निगम अस्पताल भर्ना भएका छन् । सी फूड खाएर गम्भीर एलर्जी भएर सोनु निगमलाई मुम्बइको नानावटी अस्पतालको आइसीयूमा भर्ना गरिएको हो ।

एलर्जीका कारण उनको अनुहार सुन्निएको थियो । एउटा आँखा सुनिएर बन्द नै भएको थियो । उनले आफ्नो फोटो ट्वीटरमा शेयर गर्दै यो कुराको जानकारी दिएका हुन् ।

उनले आफूलाई सी फूडका कारण एलर्जी भएको भन्दै यसबाट बचेर रहन आग्रह पनि गरेका छन् । अस्पतालमा दुई दिन रहेपछि अहिले भने उनी डिस्चार्ज भएका छन् ।

सोनुले बान्द्रा कुर्ला कम्प्लेक्समा खाना खाएका थिए । यही खानाका कारण उनलाई एलर्जी भएको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट