कंगनाको ‘मणिकर्णीका’ ले गर्‍यो रिलिजको तीन दिनमा भारू ४२।५५ करोड कमाई

प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार

मुम्बई । कंगना रनावत अभिनित चलचित्र ‘मणिकर्णीका: द क्वीन अफ झाँसी’ले वक्सअफिसमा राम्रो व्यापार गरेको छ।

चलचित्रले रिलिजको तीन दिनमा ४२।५५ करोड भारू कमाइ गरेको छ। रिलिजको दिन सिनेमाले ८।७५ करोड भारू कमाई गरेको थियो भने शनिबार र आइतबार सो व्यापारमा बढेर १८।१० करोड तथा १५।७० करोड भारू कमाई गर्‍यो।जसलाई भारतका बलिउड व्यापार विश्लेषकहरूले यो व्यापारलाई गतिलो सुरूवात भनेका छन्।

कंगना रनावत मूख्य भूमिकामा रहेको यो चलचित्रमा डेनी डेङजोङ्पा, अतुल कुलकर्णी, सुरेश ओवरोय तथा अंकिता लोखण्डेले पनि अभिनय गरेका छन्। यस चलचित्रले समिक्षकबाट मिश्रित प्रतिक्रिया बटुले पनि दर्शकहरूबाट भने राम्रो प्रतिक्रिया बटुलेको भारतिय संचारमाध्यमले जनाएका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट