युवा ज्योतिष हरिहरले गरे क्रिष्टिनसँग रोमान्स (भिडियोसहित)

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

काठमाडौं । युवा ज्योतिषका रुपमा चर्चित बनेका हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’को शीर्ष गीतको भिडियो सार्वजनिक भएको छ।

धर्मराज सुवेदी निर्माता रहेको यस फिल्ममा हरिहर ज्योतिषकै भूमिकामा प्रस्तुत भएका छन्। ‘शुभ लभ’ मा हरिहर र क्रिष्टिनसँगै रविन्द्र झा, राजाराम पौडेल, सरोज खनाल, प्रदीप बाँस्कोटा, राजा राजेन्द्र पोखरेल, लगायतको अभिनय रहेको छ। यसै फिल्मबाट नायिकाको रूपमा क्रिष्टिन पौडेलले डेब्यु गर्दैछिन्।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा निशान भट्टराई र मिना सिंहको स्वर रहेको छ । राजमजी लामिछानेले कोरियोग्राफी गरेको उक्त भिडियोमा ड्रेस डिजाइन रोविन क्रियशनका लागि रोविन परियारले गरेका हुन् भने फिल्मलाई रामेश्वर कार्कीले खिचेका छन्। सन्तोष बाबु लोहनी निर्देशन गरेको ‘शुभ लभ’चैत १५ गतेदेखि प्रदर्शनमा आउने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट