‘लिटिल स्टार अफ द इयर’ को उपाधि नेरिस्का, अभिनभ र शोनितलाई

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

काठमाडौं । ‘लिटिल स्टार अफ द इयर-२०१९’ को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले चुम्न सफल भएका छन् । नेरिस्का (ग्रुप-ए), अभिनभ (ग्रुप-बि) र शोनित शाख (ग्रुप-सि)तर्फको विजेता बन्न सफल भएका हुन् । सबै विजेताले शिर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारे ।

७ देखि १४ वर्षसम्मका ६५ बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा ७ देखि ९ (ग्रुप ए), १० देखि १२ (ग्रुप बि) र १३ देखि १४ (ग्रुप सि) गरी भिन्न भिन्नै तीन समूह विभाजन गरिएको थियो ।

शनिबार अबेरसाँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा ग्रुप(ए) तर्फ बेलिश्ना जीसी फष्टरनर अफ, एन्जेल बान्तावा सेकेण्ड रनरअफ, सुनिश्का मिश्रा, थर्ड रनरअफ र नेरिया न्यौपाने फोर्थ रनरअफ चुँनिदा ग्रुप (बि) तर्फ प्रिन्स प्रसिद थापा, आरोन लाल श्रेष्ठ, राजा श्रेष्ठ, दीपसन भुजेल क्रममा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअफ घोषित भए।

त्यस्तै ग्रुप (सि) थर्फ भने पल्शा खड्का, आस्का श्रेष्ठ, आन्नया भट्टराई र युभानी लोहनी क्रममा फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्ट रनरफको उपाधि चुम्न सफल सफल भए ।विभिन्न सांगीतिक तामझामका साथ आयोजित प्रतियोगितामा लिटिल स्टार आलिया पन्त, रियान चुशाकी, प्रक्रित केसी, लिटिल प्रिन्सेज सम्बृद्धी ओझा, लिटिल प्रिन्स प्रकृत केसी घोषित भए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भविष्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले प्रतियोगिता केही वर्षदेखि नियमित आयोजना हुँदै आएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक महेश केसीले जानकारी दिए ।

मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल, तेन्जु योन्जन, सन्तोष भुजेल लगायतको विभिन्न प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको कोडिनेटर गीता पुरी रहेकी थिइन् ।

ब्लू–क्रस अस्पतालका निर्देशक रजत श्रेष्ठ, अनुप शक्सेना, नृत्य निर्देशक कमल राई, कला सुब्बा, गोबिन्द राई, रुक्सा वैद्य, आकांक्षा भट्टराई, मिस्टर नेपाल २०१७ अक्क्ष जंग रायामाझी अन्तिम स्पर्धामा निर्णायक रहेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट