निर्मला हत्याको घटना अब चलचित्रमा हेर्न पाइने

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा चलचित्र निर्माण गरिएको छ । चलचित्रमा निर्मला पन्तको हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था देखाउन खोजिएको निर्माण पक्षले जनाएको छ ।

‘कोपिला’ नाम राखिएको उक्त चलचित्रमा निर्मलाको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइने निर्देशक शिवम् अधिकारीले जानकारी दिए ।

चलचित्रमा निर्माला अर्थात ‘कोपिला’को भूमिकामा सञ्जीवनी खरेल देखिएकी छन् भने सरिता गिरी, गणेश गिरी, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतको अभिनय रहेको छ । सञ्चारकर्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेको चलचित्र गणेश गिरीको प्रस्तुतिमा बन्न लागेको हो ।

सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ । कार्यक्रमममा करिब एक महिनामा चलचित्रको छायाँकन सकिएको निर्देशक अधिकारीले जानकारी दिए । चलचित्र ८० लाख लागतमा निर्माण गरिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट