‘समर लभ’ को ट्रेलर सार्वजनिक

प्रकाशित मिति: २३ पुष २०७५, सोमबार

काठमाडौं । सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ ।

माघ २५ गतेबाट भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुने ‘समर लभ’ मा अतीत र सायाको माया प्रेम, रोमान्स र बिछोड देखाइएको छ । सुबिन भट्टराईको कथा, सामिप्यराज तिमिल्सेना र सुबिन भट्टराईको पटकथा तथा संवाद, पुष्पन प्रधानको संगीत तथा स्वर रहेको ‘समर लभ’ मा सरोज खनाल,सुरज सिंह ठकुरी, ओम प्रतिक,आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारीलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता विनोद अधिकारी हुन् । कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा मुस्कान ढकालको निर्दऐशन रहेको छ । ‘समर लभ’नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट