प्रशिक्षणमा ब्यस्त छन् ‘लिटिल स्टार अफ द इयर २०१९’ का प्रतियोगी

प्रकाशित मिति: २० पुष २०७५, शुक्रबार

काठमाडौं । बालबालिका सम्बन्धी सौन्दर्य प्रतियोगिता ‘लिटिल स्टार अफ द इयर २०१९’ का ६५ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् ।

थापाथलीस्थित होटल ब्लुबडमा उनीहरु प्रशिक्षण मार्फत आफूलाई निखार्न लागेका हुन् । राजधानीमा आयोजित १२० सहभागी प्रारम्भिक चरणको अडिसनबाट यी ६५ प्रतियोगी छानिएका हुन् । प्रतियोगीले शीर्ष उपाधी चुम्दै आफ्नो भाग्य चम्काउने उद्देश्यले सोमबारबाट नियमित प्रशिक्षणमा जुटेका हुन् । प्रारम्भिक चरणको अडिसनमा सहभागी १२० मध्येबाट अन्तिम चरणका लागि यी प्रतियोगी छानिन सफल भएका हुन् ।

प्रतियोगीलाई प्रशिक्षण मार्फत निखार्ने काम मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल,तेन्जु योन्जन, सन्तोष भुजेल लगायतले गरिरहेका छन् ।
प्रशिक्षणको क्रममा उनीहरुले संगीत, गायन, नृत्य, ब्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बालअधिकार, अनुशासन, पब्लिक स्पिकिङ लगायत विषयको ज्ञान लिने प्रतियोगिताको कोडिनेटर गीता पुरीले जानकारी दिइन् । प्रतियोगिताको कोअडिनेटरमा अन्जु शर्मा, रस्मिना भट्टराई समेत रहेका छन्, भने सह कोअडिनेटरको रुपमा शुशान्तकाजी श्रेष्ठ रहेका छन् ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भविष्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले केही वर्ष अगाडिदेखि एनोवेसन इवेन्ट म्यानेजमेन्टले यो प्रतियोगिता सुरु गरेको हो । ७ देखि १४ वर्षसम्मका बालबालिकाको सहभागीता रहेको प्रतियोगितामा ७ देखि ९, १० देखि १२ र १३ देखि १४ गरी भिन्न भिन्नै तीन समूहको विजेता छानिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।

शीर्ष सहित विभिन्न उप विजेता समेत छानिने प्रतियोगितामा विजेताले विभिन्न पुरस्कार र अवसर एकसाथ जित्न सक्ने आयोजकले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट