सोमबारदेखि ‘ए’ डिभिजन लिगको १२औँ चरणका खेल

प्रकाशित मिति: १५ पुष २०७५, आईतवार

काठमाडौं । सोमबारदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सुरु हुने भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने सोमबारको पहिलो खेलमा न्यूरोड टिम ‘एनआरटी’ले मच्छिन्द्र क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा फ्रेण्डस क्लबले ब्रिगेड ब्वाइज क्बलसँग खेल्नेछ । यस्तै सोमबार नै हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुने तेस्रो खेलमा जाउलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबको समान गर्नेछ।

११औँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ चरणका खेल सोमबारदेखि सुरु हुने अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले जनाएको छ । सोमबार र मङ्गलबार तीन-तीन खेल हुने र बुधबार एक खेल हुनेछ । ११औँ चरणको खेल सकिँदासम्म दुई खेल अगावै मनाङ मस्र्याङदी क्लब लिग विजेता बनिसकेको छ ।

लिगमा शतप्रतिशत नतिजासहित ३३ अङ्क जोडेको मनाङलले ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै आठौँ पटक लिग च्याम्पियन बनेको हो। मनाङले यसअघि सात पटक उपाधि जितिसकेको छ । लिगमा अब दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट