बिग ब्यास क्रिकेट लिगमा सन्दिप बने सर्वाधिक विकेट लिने खेलाडी

प्रकाशित मिति: १२ पुष २०७५, बिहीबार

काठमाडौं । अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले सर्वाधिक विकेट लिएका छन् ।

तेस्रो खेलमा दुई विकेट लिएसँगै प्रतियोगितामा ७ विकेट लिएका सन्दिप जम्माजम्मी नौ विकेट लिएर सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पेनर सन्दीपले बिग बासमा आफ्नो जादूलाई निरन्तरता दिइरहेका छन् भने टस जितेको सन्दीपको मेलबर्नको टिमले फिल्डिङ गरिरहेको छ।

सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा सिड्नीका कप्तान मोइजेस हेनरिक्सलाई आउट बनाएका उनले आफ्नो तेस्रो ओभरको अन्तिम बलमा टोम कुरानलाई आउट बनाएका छन् ।सन्दीपले सिड्नी थन्डर्स विरुद्ध यसअघि बिग बासको पहिलो खेलमा २ विकेट लिएका हुन भने दोस्रो खेलमा होबार्ट हुरिकेन्स विरुद्ध ३ विकेट लिएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट