शक्ति गौचनले लिए क्रिकेटबाट सन्यास

प्रकाशित मिति: २९ मंसिर २०७५, शनिबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले करिब २० वर्ष लामो क्रिकट खेलको करियरबाट विश्राम लिएका छन् ।

किर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पोखरा राइनोजबाट खेलेका शक्तिले शनिबारबाट आफ्नो खेलाडी जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् । नेपाली क्रिकेटको हरेक सफलतामा जोडिएका ३४ वर्षीय शक्तिले सन्यास घोषणा गरे पनि आफू क्रिकेटबाट टाढा भने नहुने बताएका छन् ।

सन् २००२ देखि सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका शक्ति ह्याट्रिक लिने पहिलो खेलाडी हुन् । टी-२० बरियतामा हाल ७७औँ स्थानमा रहेका शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटमा सतक पनि हानेका छन् । सन् २००५ को विश्वकप छनोट अन्तर्गत इटलीविरुद्ध उनले एक सय ६ रन बनाएका थिए ।

नेपाली क्रिकेटलाई डिभिजन ५ देखि टी-२० विश्वकप पुर्याउन र एकदिवसिय मान्यता दिलाउँदा शक्ति नेपाली टोलीको मुख्य सारथी थिए । उनको अन्तर्राष्ट्रिय खेल भने नेदरल्यान्डसविरुद्धको पहिलो एकदिवसिय क्रिकेट श्रृखंला अन्तिम बन्यो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट