‘प्रथम काठमाडौं जिल्लास्तरीय भिमेश्वर कप कबड्डी’ बिहिबारबाट

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

काठमाडौं । काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले बिहिबारदेखि ‘प्रथम काठमाडौं जिल्लास्तरीय भिमेश्वर कप कबड्डी’ सुरु गर्ने भएको छ ।

छात्र र छात्रा दुवैतर्फ प्रतियोगिता हुने उक्त भिमेश्वर कप कबड्डी प्रतियोगितामा ४० टिमको सहभागिता रहने बताइएको छ । छात्रतर्फ १६ विद्यालय र छात्रातर्फ २४ विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।

विजयी टिम प्रथम, द्धितीय र तृतीयलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको तयारी पूरा भइसकेको र बिहिबार एक औपचारिक कार्यक्रमकाबीच प्रतियोगिता सुरु गरिने भिमेश्वर एकेडेमीका प्रिन्सिपल अमृत खड्काले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट