रत्न र दिपेशको जोडी अन्तिम आठमा

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

काठमाडौं । रत्नजित तामाङ्ग र दिपेश धामीको जोडी योनेक्स सनराईज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८ मा पुरुष युगलतर्फ अन्तिम आठको यात्रा तय गर्न सफल भएका छन् ।

तामाङ्ग र धामीको जोडीले बंगलादेशका पारश मोहम्मद आहसुन हबिब र गौरव सिंहको जोडीलाई २२। २०, २१। १८ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

यस्तै आजै सम्पन्न खेलको मिश्रीत जोडीतर्फ दिपेश धामी र अमिता गिरीको जोडी पनि अन्तिम आठमा स्थान बनाउन सफल भएको टोली ब्यवस्थापक सुभाष श्रेष्ठले बंगलादेशबाट जानकारी गराए ।

धामी र गिरीको जोडीले बंगलादेशकै अल अमिन जुमार ब्रिष्टी खातुनको जोडीलाई २१। १४, २१। १८ ले पाखा लगाउँदै क्वाटरफाईनल पुगेका हुन् ।

पुरुष एकलमा भने पहिलो चरण्माा जित निकालेका रत्न दोश्रो चरणमा मलेसियाका जुल्हेल्मी जुल्किफ्ली संग २१। १२, २१। १२ ले पराजित भएका छन् ।

महिला जोडीमा पनि नङ्गशल देवी तामाङ्ग र अमिता गिरीको जोडी मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै क्वाटरफाईनल यात्रा तय गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट