नवजात शिशुलाई भुइँमा सुताएर उफ्रिने पर्व !

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

स्पेन । कहिले गोरु जुधाउने पर्व त कहिले गोलभेँडाको युद्ध यस्तै अनौठो पर्वहरुका लागि युरोपेली देश स्पेन प्रख्यात र प्रसिद्ध मानिन्छ ।

अहिले स्पेनमा अर्को नयाँ पर्वको सुरुवात भएको छ, जसलाई बेबी जम्पिङ फेस्टीभल भन्ने गरिन्छ । स्पेनको बुर्गोस प्रान्तस्थित क्यास्ट्रिोलोमा मनाइने यो क्याथोलिक पर्वको स्थानीय नाम एल कोलाचो हो ।

यो पर्वमा नवजात बच्चाहरुलाई भुइँमा सुताएर विशेष पहिरन लगाएका पुरुषहरु हाइजम्प जस्तै गरी उफ्रिएर नाघ्ने गर्दछन् । यसरी उफ्रिने पुरुषलाई राक्षसको रुप मान्ने प्रचलन छ ।

यो कार्य बच्चा जन्मिएको १ वर्षभित्रमा गरिसक्नुपर्ने मान्यता रहिआएको छ । स्पेनमा यो पर्व १७औँ शताब्दीबाट मनाउन थालिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट