मेस्सी र रोनाल्डोलाई हराउँदै मोड्रिचले जिते बालोन डी’ओर अवार्ड

प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलवार

काठमाडौं । क्रोएसियाका लुका मोड्रिचले विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडी बन्दै बालोन डी’ओर अवार्ड जितेका छन् ।

रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुकाले सन् २०१८ को बालोन डी’ओर अवार्ड जितेका हुन् । यसअघि लगातार १० वर्षसम्म लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्रै विश्वका सर्वोत्कृष्ट खेलाडी बन्दै यो अवार्ड जितेका थिए। रोनाल्डो र मेस्सीले पाँच–पाँच पटक यो अवार्ड जितिसकेका छन् ।

उनीहरुको साम्राज्य ढाल्दै मोड्रिच विश्वको सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड जितेर केही महिनाअघि व्यक्तिगत अवार्डमा मेस्सी–रोनाल्डो युग समाप्त गरेका मोड्रिचले बोलन डी’आर पनि जितेर त्यसलाई निरन्तरता दिएका छन् ।

३३ वर्षीया मोड्रिचले गएको मे मा लगातार तेस्रो पटक च्याम्पियन्स लिग अवार्ड जितेका थिए भने गएको जुलाईमा सम्पन्न विश्वकप फुटबलमा उनको देश क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा लगेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट