फ्रेन्ड्स क्लबको पहिलो जित, मच्छिन्द्र ३-० ले पराजित

प्रकाशित मिति: १६ मंसिर २०७५, आईतवार

काठमाडौं । आज भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेलमा मच्छिन्द्र क्लबलाई ३-० ले पराजित गर्दै फ्रेन्ड्स क्लबले पहिलो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सलाई जित दिलाउन फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक-एक गोल गरे । चार खेलपछि पहिलो जित निकालेको फ्रेन्ड्सले यो जितसँगै ४ अंक जोडेको छ ।

यसअघि फ्रेन्ड्सले ४ खेलमा ३ हार र एक बराबरी खेलेको थियो । लिगमा मच्छिन्द्रको यो तेस्रो हार हो । मच्छिन्द्रले पाँच खेलमा २ अंकमात्र जोडेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट