स्वतन्त्र समितिको बैठकका लागि आइसीसी प्रतिनिधि आउने

प्रकाशित मिति: १३ मंसिर २०७५, बिहीबार

काठमाडौं । नेपाली क्रिकेटको विवाद समाधानका लागि गठन गरिएको स्वतन्त्र समितिको बैठकका लागि आइसीसीका प्रतिनिधि काठमाडौं आउने भएका छन्।

मंसिर २१, २२ र २३ गतेका लागि तय गरिएको स्वतन्त्र समितिको बंठकमा निलम्बित क्यानले मुद्दा फिर्ताका लागि गरेको पहल र जिल्लाको हकमा आइसीसीलाइ पठाइएको प्रतिवेदनका बारे छलफल हुनेछ ।

स्वतन्त्र समितिमा आइसीसीका अमर शेख, नितिश कोथारी र मोहमद अली छन् भने नेपालबाट राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री र निर्वाचित क्यानको तर्फबाट ठाकुरप्रताप थापा सदस्य छन्।

यसअघि पनि बारम्बार आइसीसीका प्रतिनिधी नेपाल आएर छलफल गरे पनि विवादको निकास निस्कन सकेको छैन । अब स्वतन्त्र समितिको बैठकपछि भने यसको निकास निस्किनेमा आशा गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट