भारत र बंगलादेश अन्तिम चारमा

प्रकाशित मिति: १२ मंसिर २०७५, बुधबार

काठमाडौं । भारतको दोश्रो दक्षिण एशियाली यू-२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम ईभेन्ट्सको अन्तिम चारमा प्रवेश गरको छ । भारतले बंगलादेशमाथि ५-० को जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो ।

भारत, बंगलादेश, नेपाल, श्रीलङ्का र मालदिभ्स गरी पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा भारत र बंगलादेश समूह ए मा रहेका छन् । भारत समूह एको विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको हो । त्यस्तै भारतसँग पराजित भएता पनि बंगलादेश समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको छ ।

पुरुष एकलमा भारतका ध्रुव राउतले बंगलादेशका एसएसएम शिवगाथुल्लालाई २१-१७, २१-१८ ले पराजित गरे । यस्तै महिला एकलमा माल्भिका बान्सोदले बंगलादेशकी उर्मी अख्तरलाई २१-४, २१-९ ले हराईन् । पुरुष युगलतर्फ भारतका बिष्णु बरदान र प्रियान्सु राजवतको जोडीले बंगलादेशका गौरव सिंह मंगल सिंहको जोडीलाई २१-१४, २१-९ ले तथा महिला युगलतर्फ पूर्वा बर्भे र तनिशा क्रोष्टाको जोडीले बंगलादेशका उर्मी अख्तर र रश्मा अख्तरको जोडीलाई २१-११, २१-९ ले पराजित गरे ।

यस्तै मिक्स युगलतर्फको खेलमा बिष्णु बरदान र तनिशा क्रोष्टाको जोडीले बंगलादेशका शिवगाथुल्ला र फारविन बिन्ता ईमदाललाई २१-८, २१-८ ले जित निकाल्दै ५-० को जित निकाल्यो । नेपाल श्रीलङ्का र मालदिभ्स सँगै समूह बीमा रहेको छ । समूह बीको पहिलो लिग खेलमा श्रीलङ्काले मालदिभ्सलाई ४-१ ले पराजित ग¥यो ।

श्रीलङ्काका रनतोष्का सासिन्दुले मालदिभ्सका अहमद निवाललाई २१-१३, २१-११ले, महिला एकलमा दिल्मी दियासले अमिनाती नविहालाई २१-६, २१-११ले, पुरुष युगलमा चामथ दियास र चिराथिल्लेप ईरामारोचीको जोडीले मोहम्मद अकिफ र मोहम्मद राफाको जोडीलाई २१-७, २१-१० ले तथा हासिनी अम्बलाङ्गोदुग र दिल्मी दियाको जोडीले अमिनाती नविहाको जोडीलाई २१-१०, २१-१९ ले पराजि गर्दै लगातार ४ जित निकाले । मिक्स युगलको खेलमा भने मालदिभ्सले जित निकाल्यो । मालदिभ्सका निवाल अहमद र फथमा नवाहको जोडीले रन्थुस्का र हासरा विजेवर्दनेको जोडीलाई २१-१९, १५-२१ र २१-१८ ले पराजित गरे ।

नेपाल र श्रीलङ्काबीच भएको मिक्स टिम ईभेन्ट्समा नेपालले ३-२ को जित निकाल्यो । पुरुष एकलमा नेपालका नविन श्रेष्ठले श्रीलङ्काका रन्थुस्का ससिन्दुलाई २२-२०, २१-१३ ले हराए । महिला एकलतर्फ रशिला महर्जन दिल्मी दियास सँग १२-२१, १२-२१ ले पराजित भईन् । पुरुष युगलतर्फ नविन र प्रिन्स दाहालले श्रीलङ्काका चिराथ ईल्लेपरुमाराची र चामाथ दियासको जोडीलाई २१-१८, २३-२१ ले पाखा लगाए ।

महिला जोडीतर्फ रशिला महर्जन र जेशिका जोडी श्रीलङ्काका दिल्मी दियास र हासिनी अम्बालाङ्गादेको जोडी सँग २१-१३, २१-८ ले पराजित भए । यस्तै मिक्स जोडीतर्फ प्रिन्स दाहाल र रशिला महर्जनको जोडी श्रीलङ्काका रन्थुस्का र दिमी दियासको जोडीलाई २१-१९, २१-१३ ले पराजित गर्दै ३-२ को जित निकालेको हो ।

अब नेपालले अन्तिम चारको यात्रा तय गर्न बुधबार हुने मालदिभ्ससँगको खेलमा जित निकाल्नु पर्ने छ । अन्यथा मालदिभ्ससँग हारेको खण्डमा हेड टु हेडको आधारमा जित हारको निर्णय हुने रेफ्रि किरण गोपाल कारञ्जितले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट