दोश्रो दक्षिण एशियाली क्षेत्रीय ब्याडमिन्टन आजदेखि

प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलवार

काठमाडौं । दोश्रो दक्षिण एशियाली यू-२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मंगलबार देखि काठमाडौंमा सुरु भएको छ ।

ब्याडमिन्टन एशियाको विकास कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपाललगायत भारत, बंगलादेश, मालदिभ्स र श्रीलंकाको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालका महिला ४ र पुरुष ४ गरी ८ खेलाडीहरुको सहभागिता रहने छ । यस्तै अन्य टिमका ३/३ पुरुष तथा महिला खेलाडीहरुको सहभागिता रहने छ ।

दक्षिण एशियामा ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस च्याम्पियनसिपको पहिलो संस्करण भारतको गुहाटीमा भएको थियो । जसमा नेपालले मिक्स टिम स्पर्धामा रजत पदक हात पारेको थियो भने पुरुष युगलमा कास्य पदक हात पारेको थियो ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ कभर्डहलमा मंसिर ११ देखि १६ गते सम्म हुने च्याम्पियनसिपमा पुरुष÷महिला एकल तथा युगल, मिक्स युगल तथा मिक्स टिम ईभेन्ट्स गरी ६ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने सचिव शाहले जानकारी गराए । विजयी खेलाडीहरुले मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट