१६औँ डब्लुकेआई अन्तर्राष्ट्रिय करातेमा महेश चपाईलाई स्वर्ण

प्रकाशित मिति: ८ मंसिर २०७५, शनिबार

काठमाडौं । नेपालका महेश चपाईले १६औँ डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०१८ मा स्वर्ण हात पारेका छन् ।

जुनियर क्याटागोरी अन्तर्गत भएको प्रतिस्पर्धाको १२ वर्षको ३० केजी मुनिको स्पर्धामा उनले स्वर्ण हात पारेका हुन् । दोश्रो स्थानमा प्रकाश राई रहे । यस्तै सविन तामाङ र संजय खड्काले कास्य पाए ।

अन्तर्राष्ट्रिय वादो महासंघ तथा अल नेपाल वादोकाई कराते संघको आयोजनामा भएको प्रतियोगिताको ११ वर्षका ३० केजी माथिको तौलमा नेपालका उत्सव पराजुलीले नेपालकै नवराज पराजुलीलाई पराजित गर्दै स्वर्ण हात पारे ।

भारतका टकर चेके र नेपालका दावा लामाले कास्य पाए । ३० केजी मुनिको तौलमा नेपालले चारै पदक पायो । नेपाली खेलाडीहरु सविज नेपाल, पेम्बा तामाङ, विकास घर्ती मगर र जेनियस महर्जनले क्रमश स्वर्ण रजत र कास्य पाए ।

सोही उमेरको २५ केजी मुनिको तौलमा नेपालका विपिन महर्जनले स्वर्ण, आयुष गुरुङले रजत तथा सेभेन श्रेष्ठ र सुजन मल्लले कास्य पाए । १० वर्षको २५ केजी मुनिको तौलमा विशाल मगरले अलिन खड्कालाई पराजित गर्दै स्वर्ण हात पारे । तेश्रो स्थानमा सविन लामा र प्रजिल पोखरेल रहे ।

९ वर्षको २० केजी मुनिको तौलमा सोमेश खड्काले स्वर्ण हात पार्दा अविक तामाङले रजत पाए । निखिल तामाङ र अन्जेल थापाले कास्य पाए । २५ केजी मुनि भारतका जी कार्तिकले स्वर्ण पाए । उनले भारतकै अग्रदीप चक्रवर्तीलाई पराजित गरे ।

तेश्रो स्थानमा नेपालका उज्जल गुरागाई र किशन श्रेष्ठ रहे । २५ केजी माथिको तौलमा नेपालका रोजेन अधिकारी र धनदीप अर्यालले स्वर्ण र कास्य पाए । भारतका रुद्रजीत रोय र नेपालका विमर्श महर्जनले कास्य पाए ।

८ वर्षको २५ केजी माथिको तौलमा नेपालका रितिक तामाङले सम्राट गुरुङलाई पराजित गर्दै स्वर्ण हात पारे । रोहन तामाङ र युनिक तामाङले कास्य पाए ।

च्यामिपयनसिपमा नेपालका २००, भारतका ४८, बंगलादेशका १७ र श्रीलङ्काका ९ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप आईतबारसम्म संचालन हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट