१६औँ डब्लुकेआई कराते सुरु

प्रकाशित मिति: ८ मंसिर २०७५, शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय वादो महासंघ तथा अल नेपाल वादो काई कराते संघको आयोजनाम तीन दिने १६औँ डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०१८ शुक्रबारबाट सुरु भएको छ ।

लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने च्याम्पियनसिको पहिलो दिन प्रथम काता तथा कुमुते रेफ्रि सेमिनार सम्पन्न भयो । सेमिनारमा नेपालका २९, श्रीलङकाका ५, भारतका १७ र बंगलादेशका ५ निर्णायकहरुको सहभागिता रहेको थियो ।

उक्त सेमिनारमा सहभागी हुने निर्णायकहरुलाई अल ईन्डिया वादो फेडेरेशनका अध्यक्ष एवं चर्चित भारतीय अभिनेता सुमन तलवार एम।ले प्रमाण पत्र वितरण गरेका थिए ।

च्याम्पियनसिपको बेल्जियमका कन्सुलर आङकाजी शेर्पाले उद्घाटन गरे । अन्तर्राष्ट्रिय कराते महासंघका कार्यवाहक अध्यक्ष शम्भु तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, डब्लुकेएफ जज एकेएफ जज अल ईन्डिया वादो कराते संघका अध्यक्ष राजेश अग्रवाल, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य मनबहादुर न्यौपाने, श्रीलङ्का कराते महासंघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक जयाश्री परेरा, नेपाल सोतोकान कराते डो संघ (एसकेडियुन)का अध्यक्ष तथा प्रमुख प्रशिक्षक घिर्जेमान तामाङ र महासचिव वरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

च्याम्पियनसिप अन्तर्गतको प्रतियोगिता शनिबार बिहान ८ बजेबाट सुरु हुने आयोजकले जनाएका छन् । च्यामिपयनसिपमा नेपालका २००, भारतका ४८, बंगलादेशका १७ र श्रीलङ्काका ९ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिप आईतबारसम्म संचालन हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट